कञ्चनजङ्घा आधार शिविरको सरसफाइ



ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ गरिएको छ । हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन (हेक्याफ–३६०) ले जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अवस्थित कञ्चनजङ्घा आधार शिविरको ओक्ताङ क्षेत्रमा पुगी सरसफाइ गरेको हो । 

स्वास्थ्य, वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दै आएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहरजन्य सामग्री शून्य बनाउने अभियान सुरु गरे सँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा सरसफाइ गरेको छ ।

हेक्याफ–३६० ले फोहोरको वर्गीकरण गरी सोही अनुसार उचित र प्रभावका व्यवस्थापनमा ध्यान दिनुपर्ने कार्यलाई अभियानको रुपमा अघि बढाइएको जनाएको छ । यो सँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा फोहरजन्य सामाग्रीको अवस्था बारे अध्ययन समेत गरेको हो । 

मङ्गलवार फुङलिङमा आयोजित कार्यक्रममा हेक्याफ–३६० का कार्यकारी निर्देशक मोचन भट्टराईले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा फोहरजन्य सामाग्रीको अवस्थाको अध्ययन भएको जानकारी दिनुभयो । उहाँका अनुसार हेक्याफ–३६० ले पाइलट प्रोजेक्टको रुपमा कञ्चनजङ्घा आधार शिविरमा फोहरजन्य सामग्रीको अवस्था र व्यवस्थापनको कार्य गरिएको थियो ।

सरसफाइको क्रममा करिव २७ किलोग्राम प्लाष्टिकजन्य फोहोर सङ्कलन भएको हिमाल सरसफाइ अभियानका एक अभियन्ता पिके शेर्पाले बताउनुभयो । सङ्कलित फोहोरलाई वर्गीकरण गरी उच्च प्रदुषण हुने फोहोरलाई काठमाडौँ लगिने शेर्पाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 4:34 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले