गोरखा नगरपालिका-५ मा माओवादी केन्द्रका मगर निर्वाचित



ताप्लेजुङ। गोरखा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर निर्वाचित भएका छन् ।उनी ४८६ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । मगरले नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार भाईकाजी आलेलाई ८४ मतान्तरले पछि मात्रै विजय हासिल गरेका हुन् । काँग्रेस उम्मेदवार आलेले ४०३ मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रोमा नेकपा (एमाले)का उम्मेदवार दुर्गामाया थापाले ३४५ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मग्लबहादुर थापाले ८२ मत मात्रै प्राप्त गरेका छन् ।

देशभरका ४१ स्थानमा उपनिर्वाचन भएकोमा गण्डकी प्रदेशमा भने एउटा वडामा मात्रै उपनिर्वाचन भएको हो । जहाँ माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनले गोरखाबाट खाता खोलेको हो । २०७९ सालको उपनिर्वाचनमा नेकपा (एमाले)ले वडा अध्यक्ष जितेको थियो ।

प्रकाशित मिति : 5:48 am

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू