गोरखा नगरपालिका-५ मा माओवादी केन्द्रका मगर निर्वाचित



ताप्लेजुङ। गोरखा नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर मगर निर्वाचित भएका छन् ।उनी ४८६ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । मगरले नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार भाईकाजी आलेलाई ८४ मतान्तरले पछि मात्रै विजय हासिल गरेका हुन् । काँग्रेस उम्मेदवार आलेले ४०३ मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रोमा नेकपा (एमाले)का उम्मेदवार दुर्गामाया थापाले ३४५ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मग्लबहादुर थापाले ८२ मत मात्रै प्राप्त गरेका छन् ।

देशभरका ४१ स्थानमा उपनिर्वाचन भएकोमा गण्डकी प्रदेशमा भने एउटा वडामा मात्रै उपनिर्वाचन भएको हो । जहाँ माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनले गोरखाबाट खाता खोलेको हो । २०७९ सालको उपनिर्वाचनमा नेकपा (एमाले)ले वडा अध्यक्ष जितेको थियो ।

प्रकाशित मिति : 5:48 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम