ताप्लेजुङ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको छ । शनिबार राजधानीको बत्तिसपुतली स्थित होटल तपसमा आयोजित चौथो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेको हो । खुल्ला सत्रमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनसम्बन्धी नीतिगत सुधारमा होटल व्यवसायीहरुसँग समन्वय गरेर अघि बढ्ने, बजारीकरणको लागि बोर्डको तर्फबाट सहजिकरण गर्ने, कर्मचारीको क्षमता विकासकालागि विभिन्न तालिमको व्यवस्थापन गर्ने प्रतिबधता व्यक्त गर्नुभयो ।
होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारीले व्यवसायिक हकहितका लागि महासंघ सदैब कृयाशिल रहेको जानकारी गराउनुभयो । यस्तै होटल तथा पर्यटन व्यवसायी संघ वागमती प्रदेशका अध्यक्ष दामोदर नेपालले सामाजिक सञ्जालमा भाइरल हुने लहरले व्यवसायीमाथि विभिन्न क्षेत्रबाट आतंक सृजना गरिएको भन्दै त्यसलाई बन्द गर्नुपर्ने बताउनुभएको थियो ।
कर्यक्रममा काठमाडौँ जिल्ला मातहतका ईकाइ अध्यक्ष तथा कार्यसमितिहरुको उपस्थिती रहेको थियो । संस्थापक तथा निवर्तमान अध्यक्ष शैलेश कार्कीले नवनिर्वाचित सदस्यहरुलाई बधाईदिँदै नवनिर्वाचित कार्यसमितिलाई सफल बनाउन आफु सदैव तयार रहेको बताउनुभयो । पहिलो सत्रको कार्यक्रम सञ्चालन निवर्तमान महासचिव विष्णु प्रसाद घिमिरेले गर्नुभएको थियो भने दोश्रो चरणको कार्यक्रम नवनिर्वाचित महासचिव शैलेन्द विक्रम थापाले गर्नुभएको थियो ।
सपथ र पदभार ग्रहण गरेको नयाँ कार्यसमितिले विभिन्न निर्णय समेत गरेको छ । नवनिर्वाचित कार्यसमितिले होटल व्यवसायमा देखिएका समस्या समाधानका लागि हरेक दुई महिनामा नियमित बैठक बस्ने लगायतका निर्णय गरेको अध्यक्ष सुरेश बरालले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रम मार्फत १७ सदस्यीय सचिवालय गठन गरिएको महासचिव शैलेन्द्र विक्रम थापाको भनाई छ । यस्तै उपाध्यक्ष मनोहरि कंडेलको संयोजकत्वमा पाँच सदस्यिय पर्यटन विभाग समेत गठन गरिएको छ । कार्यक्रममा महासचिव शैलेन्द्र विक्रम थापाको संयोजकत्वमा वेभसाईट निर्माण तथा डिजटल मिडिया हेर्ने उपसमिती गठन गठन गरिएको महासचिव शैलेन्द्र विक्रम थापाले जानकारी दिनुभयो ।
प्रथम पुर्ण कार्यसमितीको बैठकले निर्वाचित गराउन सहयोग गर्ने ईकाई अध्यक्ष तथा प्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी संघ, बागमति प्रदेशका अध्यक्ष तथा पदाधिकारी, होटल व्यवसायी महासंघका महासचिव लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापनसमेत गरेको छ ।
यस्तो छ जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमिति ः
अध्यक्ष ः श्री सुरेश बराल
बरिष्ठ उपाध्यक्ष श्री भविश्वर दुबे
उपाध्यक्ष श्री जितेन्द्र गिरी
उपाध्यक्ष श्री मनोहरी कंडेल
उपाध्यक्ष श्री बिष्णु प्रसाद घिमिरे
उपाध्यक्ष श्री महेन्द्र राई
उपाध्यक्ष श्री कुमार श्रेष्ठ
उपाध्यक्ष श्री बिष्णु प्रसाद उपाध्याय
महासचिव श्री शैलेन्द्र विक्रम थापा
उप(महासचिव श्री शिवलाल गिरी
सचिव श्री हरि प्रसाद अर्याल
सचिव श्री देवकी भण्डारी
सचिव श्री जयलाल श्रेष्ठ
सचिव श्री लाल बहादुर बानिया (अनिश)
कोषाध्यक्ष श्री शालिकराम थापा
सह कोषाध्यक्ष श्री लेखनाख खराल
सदस्य ः खुल्ला श्री नुमाकान्त पाठक
सदस्य ः खुल्ला श्री कप्तान अधिकारी
सदस्य ः खुल्ला श्री नविन अधिकारी
सदस्य ः खुल्ला श्री सन्तोष पौडेल
सदस्य ः खुल्ला श्री खेमराज उप्रेति
सदस्य ः खुल्ला श्री माधव प्रसाद गौतम
सदस्य ः खुल्ला श्री शेर बहादुर बिष्ट
सदस्य ः खुल्ला श्री शारदा खड्का
सदस्य ः खुल्ला श्री दिल बहादुर क्षेत्री
सदस्य ः समावेशी श्री तिलक
सदस्य ः समावेशी श्री ललित बहादुर श्रेष्ठ
सदस्य ः समावेशी श्री रेनुका यस्को लिम्बु
सदस्य ः महिला श्री सुजता तामाङ्ग
सदस्य ः महिला श्री अप्सरा थापा
लेखा समिती संयोजक श्याम कुमार चौलागाई
सदस्य नरिश्वर गौतम (नवराज)
सदस्य शालिकराम आचार्य
प्रतिक्रिया