राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध




ताप्लेजुङ । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध भएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सुचना प्रणालीमा प्राविधिक समस्या आएका कारण बिहिबारबाट राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रुपमा अवरुद्ध भएको हो । यसको मर्मत कार्य जारी रहेकाले पुरा नभएसम्म अन्लाईन मार्फत राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा अवरुद्ध हुने गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जनाएको हो ।

त्यस्तै जन्मदर्ता गर्दा प्राप्त हुने राष्ट्रिय परिचयपत्र नम्बर सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको नाम दर्ता तथा नविकरणका क्रममा राष्ट्रिय परिचय पत्र विवरणबाट प्रमाणिकरण सेवा, राहदानी बैंंक तथा वित्तिय संस्था, कम्पनी रजिष्ट्रार, नागरिक एप, बैदेशिक रोजगार, राष्ट्रिय किताबखाना, स्थायी लेखा नम्बर (प्यान नम्बर) लगायत राष्ट्रिय परिचय व्यवस्थापन सुचना प्रणालीसँग अन्तरआवद्धता भएका अन्य सार्वजनिक सेवाहरु समेत अवरुद्ध हुने जनाईएको छ ।

प्रकाशित मिति : 12:36 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप