प्रथम लिङ्तेप गोल्डकपः साथीभाई र कुम्मायक सेमिफाइनलमा प्रवेश




ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा जारी प्रथम लिङ्तेप गोल्डकपमा साथीभाई सामाजिक युवा क्लब फुङलिङ र कुम्मायक कुसायक स्र्पोटिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेका छन् । आईतबार भएको पहिलो खेलमा पुवाजुङ फुटबल क्लब इलामलाई २–० ले हराउँदै साथीभाई सामाजिक क्लब अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । उक्त खेलको म्यान अफ द म्याच साथीभाईका जमिन लक्षम घोषित हुँदै पुरस्कृत हुनुभयो ।

त्यस्तै दोस्रो खेलमा पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लब खाम्लुङलाई ५–२ गोल अन्तरले पराजित गर्दै कुम्मायक कुसायक पाँचथर सेमिफाईनलको याात्रा तय गर्न सफ भएको छ । उक्त खेलको म्यान अफ द म्याच कुम्मायक कुसायकका लोकेन्द्र थापा घोषित हुँदै पुरस्कृत हुनुभयो । प्रतियोगिता अन्तर्गत माघ १२ गते सोमबार दुवै सेमिफाइनल खेलहरु हुनेछन् ।

पहिलो सेमिफाइनल अन्तर्गत पहिलो खेलमा साथीभाई युवा क्लबले लालीमा क्लब ढुङ्गेसाँघुसँग खेल्नेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा कुम्मायक कुसायले आयोजक प्रगतिशील युवा क्लब (रातो) सँग प्रतिस्पर्धा गर्नेछ । प्रगतिशील युवा क्लब, मेरिङ्देन–४, लिङ्तेपको आयोजनामा जारी प्रतियोगिताकोे बिजेता टीमले नगद ३ लाख २ हजार ८२ र उपबिजेता हुने टीमले नगद १ लाख ५२ हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष बिजय हाङ्गामले बताउनु भयो ।

प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डीफेन्डर र सर्बाधिक गोलकर्तालाई जनही ४ हजार रुपैयाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ८ हजार रुपैयाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यले गोल्डकपको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल भने माघ १३ गते हुनेछ भने प्रतियोगिता संचालन गर्न करिब ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष हाङ्गामले बताउनु भयो ।

प्रकाशित मिति : 9:07 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन