प्रथम लिङ्तेप गोल्डकपः साथीभाई र कुम्मायक सेमिफाइनलमा प्रवेश




ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा जारी प्रथम लिङ्तेप गोल्डकपमा साथीभाई सामाजिक युवा क्लब फुङलिङ र कुम्मायक कुसायक स्र्पोटिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेका छन् । आईतबार भएको पहिलो खेलमा पुवाजुङ फुटबल क्लब इलामलाई २–० ले हराउँदै साथीभाई सामाजिक क्लब अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । उक्त खेलको म्यान अफ द म्याच साथीभाईका जमिन लक्षम घोषित हुँदै पुरस्कृत हुनुभयो ।

त्यस्तै दोस्रो खेलमा पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लब खाम्लुङलाई ५–२ गोल अन्तरले पराजित गर्दै कुम्मायक कुसायक पाँचथर सेमिफाईनलको याात्रा तय गर्न सफ भएको छ । उक्त खेलको म्यान अफ द म्याच कुम्मायक कुसायकका लोकेन्द्र थापा घोषित हुँदै पुरस्कृत हुनुभयो । प्रतियोगिता अन्तर्गत माघ १२ गते सोमबार दुवै सेमिफाइनल खेलहरु हुनेछन् ।

पहिलो सेमिफाइनल अन्तर्गत पहिलो खेलमा साथीभाई युवा क्लबले लालीमा क्लब ढुङ्गेसाँघुसँग खेल्नेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा कुम्मायक कुसायले आयोजक प्रगतिशील युवा क्लब (रातो) सँग प्रतिस्पर्धा गर्नेछ । प्रगतिशील युवा क्लब, मेरिङ्देन–४, लिङ्तेपको आयोजनामा जारी प्रतियोगिताकोे बिजेता टीमले नगद ३ लाख २ हजार ८२ र उपबिजेता हुने टीमले नगद १ लाख ५२ हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष बिजय हाङ्गामले बताउनु भयो ।

प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद दुई हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट डीफेन्डर र सर्बाधिक गोलकर्तालाई जनही ४ हजार रुपैयाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ८ हजार रुपैयाँ प्रदान गरिनेछ । फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यले गोल्डकपको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल भने माघ १३ गते हुनेछ भने प्रतियोगिता संचालन गर्न करिब ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको क्लबका अध्यक्ष हाङ्गामले बताउनु भयो ।

प्रकाशित मिति : 9:07 pm

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा