नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गते देखी हुने




ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ नाल्बुमा अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गतेदेखी हुने भएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै आयोजक नाल्बु समाजले प्रतियोगिता बारे जानकारी दिएको हो ।

प्रतियोगिताको पुरुष फुटबलतर्फको बिजेता टिमले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँका साथमा तीनबर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता हुने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँका साथमा तीनबर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै महिला फुटबल तर्फको बिजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुनेले ३१ हजार १ सय ११ रुपैयाँका साथमा तीनबर्षे रनिङ कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

पुरुष र महिला दुबै फुटबल प्रतियोगिताको बिजेताको पुरस्कार स्वर्गीय सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहाँहरुका परिवारले गर्नु भएको हो । त्यस्तै पुरुष र महिला दुबै फुटबल प्रतियोगिताको उपविजेताको पुरस्कार स्वर्गीय लालबहादुर नाल्वो, श्रीमति स्वर्गीय तुलामाया नाल्बो, छोराहरु स्वर्गीय दिल बहादुर र मन बहादुर नाल्बाकोे सम्झनामा उहाँहरुको परिवारले गर्नु भएको आयोजक समाजका अध्यक्ष देउ बहादुर लिम्बुले जानकारी दिनुभयो ।

प्रतियोगिताको म्यान अफ द म्याच हुनेलाई नगद १ हजार रुपैयाँ, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोल किपर र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । फुटबल प्रतियोगिताका साथमा लिम्बू समुदायको मौलिक साँस्कृतिक च्याब्रुङ नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने आयोजकको भनाई छ । च्याब्रुङ नृत्यमा प्रथम हुनेले ३० हजार, द्धितीय हुनेले २० हजार र तृतीय हुनेले नगद १० हजार रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलकुदको माध्यमद्धारा नाल्बु साथै मेरिङदेनका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न साथै लोपउन्मुख संस्कार सँस्कृतीको संरक्षण गर्न प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष लिम्बुको भनाई छ । कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : 8:37 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित