नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गते देखी हुने




ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ नाल्बुमा अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ २५ गतेदेखी हुने भएको छ । आईतबार पत्रकार सम्मेलन गर्दै आयोजक नाल्बु समाजले प्रतियोगिता बारे जानकारी दिएको हो ।

प्रतियोगिताको पुरुष फुटबलतर्फको बिजेता टिमले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँका साथमा तीनबर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता हुने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँका साथमा तीनबर्षे रनिङ कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै महिला फुटबल तर्फको बिजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुनेले ३१ हजार १ सय ११ रुपैयाँका साथमा तीनबर्षे रनिङ कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

पुरुष र महिला दुबै फुटबल प्रतियोगिताको बिजेताको पुरस्कार स्वर्गीय सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहाँहरुका परिवारले गर्नु भएको हो । त्यस्तै पुरुष र महिला दुबै फुटबल प्रतियोगिताको उपविजेताको पुरस्कार स्वर्गीय लालबहादुर नाल्वो, श्रीमति स्वर्गीय तुलामाया नाल्बो, छोराहरु स्वर्गीय दिल बहादुर र मन बहादुर नाल्बाकोे सम्झनामा उहाँहरुको परिवारले गर्नु भएको आयोजक समाजका अध्यक्ष देउ बहादुर लिम्बुले जानकारी दिनुभयो ।

प्रतियोगिताको म्यान अफ द म्याच हुनेलाई नगद १ हजार रुपैयाँ, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोल किपर र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । फुटबल प्रतियोगिताका साथमा लिम्बू समुदायको मौलिक साँस्कृतिक च्याब्रुङ नृत्य प्रतियोगिता समेत सञ्चालन गरिने आयोजकको भनाई छ । च्याब्रुङ नृत्यमा प्रथम हुनेले ३० हजार, द्धितीय हुनेले २० हजार र तृतीय हुनेले नगद १० हजार रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेलकुदको माध्यमद्धारा नाल्बु साथै मेरिङदेनका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न साथै लोपउन्मुख संस्कार सँस्कृतीको संरक्षण गर्न प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष लिम्बुको भनाई छ । कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : 8:37 pm

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा