एआई सम्मेलन गर्दै युवा संघ, उच्च स्तरीय विदेशी विज्ञ सहित प्रतिनिधि सहभागी हुने



ताप्लेजुङ । राष्ट्रिय युवा संघ नेपालले नेपालमै पहिलो पटक‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। संघले कार्तिक ११ र १२ गते काठमाडौंको कालिमाटी स्थित हायात प्यालेसमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताएका छन। सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । एआई विज्ञताको रूपमा विभिन्न मुलुकका विदेशीहरूको समेत भौतिक रूपमा सहभागिता रहनेछ ।

सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक(निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको अध्यक्ष थेवेले बताएका छन। सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने उनको भनाइ छ। सम्मेलनमा एक हजार जना प्रतिनिधि सहभागी हुनेछन ।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको हरेक नेपालीको सपना ९समृद्द नेपाल र सुखी नेपाली० सम्म पुग्नको लागि चाहिने डिजिटल नेपालको अवधारणाको सुरुवात गर्न यो सम्मेलन कोशेढुङा सावित हुने पनि अध्यक्ष थेवेले वताएका छन ।
उच्च स्तरिय विभिन्न क्षेत्रका बिदेशी विज्ञहरु भौतिक रुपमा सहभागी हुने सो कार्यक्रममा १० वटा थिमेटिक बेसमा छलफल हुनेछ भने १०१ जना विज्ञ प्यानलिट सहभागी हुनेछन ।त्यस्तै १ हजार जना भौतिक रुपमा सहभागी भएपनी बिश्वभर बाट भर्चुअल रुपमा १ करोड भन्दा बढी प्रतिनिधीले सहभागी जनाउनेछन।
यस कार्यक्रम बाट नेपाल सरकारको डिजिटल नेपालको योजना पूरा गर्नको लागि पहिलो सुरुवातको रुपमा यो एआई कन्फ्रेन्सले नेपाल र नेपाल सरकारको एआई पोलिसी र नेसनल स्ट्राटेजि निर्माण गर्ने बिषयमा धारणा क्लियर गरेर अगाडि बढ्न एआई कन्फ्रेन्सले मुख्य भुमिका खेल्ने अध्यक्ष थेवेको भनाई छ ।

प्रकाशित मिति : 5:23 pm

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा

गोरखामा माइक्रोबस दुर्घटना, चालकसहित १७ जना घाइते

काठमाडौँ। सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७

जेन–जी आन्दोलनपछि राजनीतिक नक्सा फेरिँदै, २४ दल दर्ताको पर्खाइमा

काठमाडौं । जेन–जी आन्दोलनपछि देशमा नयाँ राजनीतिक दल स्थापना गर्ने

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग