अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिता कुमारी गुरुङ भइन् महिला तर्फको प्रथम 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिताको महिला तर्फको प्रथम कुमारी गुरुङ हुनुभएको छ । हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको महिला तर्फको प्रथम फुङलिङ नगरपालिका ६ ताप्लेजुङकी गुरुङ हुनुभएको हो । 

विश्व रेड पाण्डा दिवसको अवसरमा आज सञ्चालन भएको प्रतियोगितामा महिला तर्फको प्रथम भए सँगै उहाँले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नु भएको छ । दोस्रो ओखलढुङ्गाकी लाक्पा ङिमा हुनुभएको छ भने तेस्रो ताप्लेजुङकै दासाङगी शेर्पा हुनुभएको छ । उहाँहरूले क्रमश ३० हजार र २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।  

विश्वमै लोपोन्मुख अवस्थामा रहेको रेड पाण्डा ९हाब्रे०को संरक्षण र संरक्षणको महत्व, पर्यटन प्रबर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरणका लागि म्याराथनको आयोजना गरिएको हो । म्याराथनको दूरी ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको तोक्मेबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा धामसम्म पुगेर पुन फुङलिङ बजारको तोक्मेसम्मकै करिब ४८ किलोमिटरको रुट निर्धारण गरिएको थियो ।  

प्रतियोगितामा महिला र पुरुषलाई एउटै समयमा संयुक्त रुपमा दौडाइएको थियो । प्रतियोगिताको उपाधि पाँचथरका विशालले हात पार्नु भएको थियो भने, पुरुष तर्फको प्रथम बझाङका करण रावल हुनुभएको छ । पाथिभरा क्षेत्रमा रेडपाण्डाको बासस्थान भएकाले समय–समयमा तीर्थयात्रीले समेत रेड पाण्डा भेट्ने गरेका छन् । 

प्रकाशित मिति : 3:57 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश