अभद्र व्यवहार गर्ने २ जना पक्राउ



ताप्लेजुङ । झापाको बुद्धशान्ती गाउँपालिका–०१ का ४९ वर्षीय अमृत सिवालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–३, मेदिबुङका २८ वर्षीय बसन्त लाम्गादे र सोही ठाउँका २४ वर्षीय तुफान भनिने छबिन लाम्गादेलाई मंगलबार गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

फुङलिङ नगरपालिका–२ मेवाखोला हिल रिसोर्ट छेउमा रहेको शेवालुङ कम्पनीका चालक शिवालाई अभद्र व्यवहार ( कुटपिट) गरी सडकको नालीमा फ्याँकेको अवस्थमा प्रहरीले उद्धार गरी जिल्ला अस्पताल ताप्लेजुङमा लगि उपचार भई रहेको प्रहरीले जनाएको छ । पिडित सिवाको आँखा, नाक, मुखमा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको रहेको प्रहरीको भनााई रहेको छ । आरोपित दुुबैजनालाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट पाँच दिनको म्यादथप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 1:54 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित