अभद्र व्यवहार गर्ने २ जना पक्राउ



ताप्लेजुङ । झापाको बुद्धशान्ती गाउँपालिका–०१ का ४९ वर्षीय अमृत सिवालाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–३, मेदिबुङका २८ वर्षीय बसन्त लाम्गादे र सोही ठाउँका २४ वर्षीय तुफान भनिने छबिन लाम्गादेलाई मंगलबार गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

फुङलिङ नगरपालिका–२ मेवाखोला हिल रिसोर्ट छेउमा रहेको शेवालुङ कम्पनीका चालक शिवालाई अभद्र व्यवहार ( कुटपिट) गरी सडकको नालीमा फ्याँकेको अवस्थमा प्रहरीले उद्धार गरी जिल्ला अस्पताल ताप्लेजुङमा लगि उपचार भई रहेको प्रहरीले जनाएको छ । पिडित सिवाको आँखा, नाक, मुखमा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको रहेको प्रहरीको भनााई रहेको छ । आरोपित दुुबैजनालाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट पाँच दिनको म्यादथप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 1:54 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम