पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति



सौगात विष्ट

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार सामुदायिक विद्यालयबाट अध्ययन पूरा गरी एमबीबीएस तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहनस्वरूप छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले आगामी असोज १० गतेभित्र गाउँपालिकाको कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ । गाउँपालिकाले कार्यालय समयभित्र निवेदन दर्ता गराउन आग्रह गरेको छ ।

निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, बैङ्कको चेकको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिसपत्र र आफू अध्ययनरत शिक्षण संस्थाको सिफारिसपत्र पेश गर्नुपर्ने गाउँपालिकाका शिक्षा अधिकृत ठाकुर प्रधानले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीय सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाएको जनाएको छ । छात्रवृत्तिबाट एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीलाई आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 6:49 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ