सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति



ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार चिकित्सा शिक्षा अध्ययन गरिरहेका स्थानीय विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम अघि बढाएको हो।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ। निवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस पत्र, बैंकको चेकको प्रतिलिपि र अध्ययनरत शिक्षण संस्थाको सिफारिस पत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया तथा अन्य शर्त सिदिङ्वा गाउँपालिकाको छात्रवृत्ति ऐनबमोजिम हुनेछ। छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले गाउँपालिकाको कार्यालय समयभित्र असार १० गतेसम्म निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

गाउँपालिका अध्यक्ष मानबहादुर राईले स्थानीय सामुदायिक विद्यालयमा अध्ययन गरी चिकित्सा शिक्षा हासिल गरिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो।

उहाँका अनुसार आर्थिक अभावका कारण चिकित्सा शिक्षाको अध्ययनमा समस्या भोगिरहेका स्थानीय विद्यार्थीलाई छात्रवृत्तिले सहयोग पुग्ने अपेक्षा गरिएको छ। सामुदायिक विद्यालयबाट आधारभूत शिक्षा पूरा गरी उच्चस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई स्थानीय तहबाट प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो।

प्रकाशित मिति : 6:12 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक