फक्ताङलुङ गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम गर्ने



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न पालिका र करुणा फाउण्डेशन बिच सम्झौता भएको छ । उक्त कार्यक्रम सञ्चालन गर्न फक्ताङलुङ गाउँपालिका र करुणा फाउन्डेसन नेपालबिच सोमबार सम्झौता भएको हो ।

पालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) र करुणा फाउन्डेसन नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक रुपा सिवाकोटीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम आगामी साउन महिनादेखि सुरु भएर २०८४ साल असार मसान्तसम्म सञ्चालन हुने सम्झौतामा उल्लेख रहेको जनाईएको छ ।

कार्यक्रमका लागि कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको लागत साझेदारी हुने र पछिल्लो एक वर्ष भने प्रदेश सरकार र पालिकाले सञ्चालन गर्नेछ भने करुणा फाउन्डेसन नेपालले भने प्राविधिक सहयोग गर्ने छ । कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८१/०८२ मा ४६ लाख १८ हजार ९५० रुपियाँ खर्च गरिने छ ।

उक्त कुल बजेटमध्ये गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसनको समान १५ लाख ३९ हजार ६५० रुपैँया रहेको छ । अपाङ्गता रोकथाम र पुनःस्थापनामा आधारित विभिन्न क्रियाकलापमा बजेट खर्च हुने पनि गाउँपालिका अध्यक्ष लिम्बुले बताउनुभयो ।

प्रकाशित मिति : 1:00 pm

ताप्लेजुङका ९ उत्कृष्ट कृषक सम्मानित 

ताप्लेजुङ, जेठ ८ गते । ताप्लेजुङका ९ जना उत्कृष्ट कृषकलाई

जिसस प्रमुख लामाको पद कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

ताप्लेजुङ, जेठ ८ गते । सर्वोच्च अदालतले जिल्ला समन्वय समिति

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण