सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि



काठमाडौं । नेपाल सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि यसमा छिमेकी भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको टिप्पणी गर्नुभएको छ ।

हिजो भुवनेश्वरमा भारतीय पत्रकारसँगको अन्तरक्रियामा विदेशमन्त्री जयशंकरले नेपालको पछिल्लो निर्णयले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया दिनुभएको हो । नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको र आफूहरू यसमा स्पष्ट रहेको उहाँको भनाइ छ ।

गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठलले एक सय रुपैयाँको नोटमा रहेको पुरानो नेपालको नक्सा हटाएर नयाँ चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका भू–भाग समेटिएको नयाँ नक्सा जारी गरेको थियो ।

प्रकाशित मिति : 7:29 am

आजबाट सुरु हुने भनिएको ऐतिहासिक पुषे मेलाको औपचारिक उद्‌घाटन भोलि मात्र हुने

ताप्लेजुङ, पुष १ गते । आजबाट सुरु हुने ऐतिहासिक पुषे

खोक्लिङमा किराना पसलको अनुगमन

सौगात विष्टताप्लेजुङ, पुष १ गते । ताप्लेजुङको मिक्कवाखोल गाउँपालिका–२ खोक्लिङमा

ताप्लेजुङ रनको अध्यक्षमा दिनेश खवास

सौगात विष्ट ताप्लेजुङ, पुष १ गते । ताप्लेजुङ रनको अध्यक्षमा दिनेश

साङधुङगे माङ्गेना कपलाई तीन लाख २५ हजार बढि नाफा

साहारा लिम्बू ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा