सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतको असन्तुष्टि



काठमाडौं । नेपाल सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि यसमा छिमेकी भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको टिप्पणी गर्नुभएको छ ।

हिजो भुवनेश्वरमा भारतीय पत्रकारसँगको अन्तरक्रियामा विदेशमन्त्री जयशंकरले नेपालको पछिल्लो निर्णयले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया दिनुभएको हो । नेपालसँगको सीमा समस्या समाधानका लागि स्थापित मञ्चमार्फत छलफल भइरहेको र आफूहरू यसमा स्पष्ट रहेको उहाँको भनाइ छ ।

गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठलले एक सय रुपैयाँको नोटमा रहेको पुरानो नेपालको नक्सा हटाएर नयाँ चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका भू–भाग समेटिएको नयाँ नक्सा जारी गरेको थियो ।

प्रकाशित मिति : 7:29 am

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक