कोरिया भाषा परीक्षाको लागि अब मागको तीन गुणा मात्र आवेदन लिइने



काठमाडौं । दक्षिण कोरियाले अबदेखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि मागको तीन गुणा मात्रै आवेदन लिने भएको छ । पछिल्लो समयमा ईपीएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या धेरै भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको ईपीएस शाखाले जनाएको छ ।

यस्तै सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र ९सेक्टर० का लागि एकै पटक आवेदन आह्वान गरिने छ । अहिले कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली श्रमिक जाने गरेका छन । त्यसका लागि फरक फरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ । यसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् ।

ईपीएस शाखाले सन् २०२५ देखि भने वर्षको एक पटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्ने र एउटा व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था गर्ने भएको छ ।

प्रकाशित मिति : 5:43 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य