सुनले बनेको विश्वकै पहिलो पाँच तारे होटल, को हुन मालिक ?



एजेन्सी । विश्व बजारमा सुन महंगिएर प्रति अउन्स २ हजार ३३० डलरको उचाइमा पुगेको छ । नेपालमा पनि सुन तोलाकै एक लाख ३६ हजार २०० रूपैयाँको रेकर्डस्तरमा पुग्नु औसत मानिसको क्षमताभन्दा बाहिर हो ।

तर, सुनको भाउ छोइ नसक्नु भएको समयमा विश्वको कुनै कुनामा सुनको जलप लगाएको होटल छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यहिँ मूल्यवान सुनको गरगहना खरिद गर्नु र लाउनु नै अहिले चासोको विषय बनिरहँदा भियतनाममा सुनको जलप जडित महल संचालन गरिएको छ।

संसारमा धेरै भवनहरू डिजाइनका कारण नै चर्चित छन्। यस्ता भवनहरूको अनौठो डिजाइन र आधुनिक सुविधाहरू यस्तो छन् कि देखेपछि मानिसहरू छक्क पर्छन् । यस्तै एउटा भवन भियतनामको राजधानी हनोइमा बनाइएको हो । वास्तवमा यो भवन एक होटेल हो र यो सुनले बनेको विश्वकै पहिलो पाँच तारे होटल हो।

यस होटलमा भित्तादेखि ट्वाइलेटका सिटसम्म २४ क्यारेट सुनले बनेको छ । विश्वमा यो एक मात्र यस्तो होटल हो जुन सुनले मात्र बनाइएको छ । यद्यपि, यो होटल पूर्णतया ठोस सुनले बनेको होइन। तर यस होटलको पर्खालदेखि टाईलसम्म सबै गोल्ड प्लेटेड रहेको छ। यसबाहेक यहाँका भाँडाकुँडा र शौचालयका सिट समेत सबै सुनको जलप जलाइएको छ। यसको अर्थ यो होटल पूरै गोल्ड प्लेटेड हो।

के-के छन् सुविधा ?
यो भियतनामस्थित हनोइको ५ तारे होटल हो र यसको नाम ‘द डोल्से हनोई गोल्डेन लेक’ हो। २५ तले बनेको यो होटलमा ३४२ कोठाहरू छन्। यस होटलको भित्ता र भुइँका टाइलहरू सुनले लेपिएको छ। यहाँ कार्यरत कर्मचारीको ड्रेस कोड रातो रहेको छ। होटलमा गोल्ड प्लेटेड इन्फिनिटी पुल, सुनको लबी र सुनकौ टाइल्स रहेको छ । यति मात्र नभइ यस होटलमा गोल्ड प्लेटेड लिफ्ट पनि रहेको छ ।

यस होटलको बाथरूमा पनि सबै कुरा सुन जडित छ । यस बाथरूममा गोल्ड प्लेटेड बाथ टब, सिंक्स, टोइलेट रहेको छ । यसबाहेक होटलका फर्निचर र अप्लायन्स पनि सुनले नै बनाइएको हो। यो होटल बनाउन करिब ११ वर्ष समय लागेको थियो । सन् २००९ देखि यो होटल निर्माण गर्न सुरू गरिएको थियो भने २०२० को जुलाइमा यो होटलको औपचारिक सुरूवात गरिएको थियो ।

होटल शुल्क प्रति रात ३२ हजारदेखि साढे ७ लाखमाथि
यस होटलमा एक रात बस्नको लागि शुरुवाती भाडा करिब ३२ हजार रूपैयाँ छ । यस होटलको कोठामा एक रात बस्नको लागि डबल बेडरूम सुइटको शुल्क झण्डै एक लाख २५ हजार रुपैयाँ छ भने सुइटको मूल्य ७ लाख ७६ हजार रुपैयाँ बराबर छ । यो होटलमा सबै सुविधाहरु छ। यसमा गेमिङ क्लब, स्विमिङ पुल, क्यासिनो र पोकर गेम जस्ता सबै सुविधाहरू छन्।

यो गोल्ड प्लेटेड होटेलमा बस्न नसक्ने व्यक्तिले गोल्डकपमा कफी पिएर आनन्द लिन सक्छन् । यस बाहेक सुनको बाथटबमा बसेर उनीहरू नुहाउन पनि सक्छन् । तर यसका लागि छुट्टै पैसा तिर्नुपर्नेछ।

को हुन् यस होटलका मालिक ?
यो होटल बिन समूहका अध्यक्ष गुएन हुउ डुओङको स्वामित्वमा रहेको छ।डुओङ होआ बिन समूह एक शीर्ष पर्यटन र कार्यक्रम प्रदायकहरू मध्येको एक हो । यसका केही लोकप्रिय होटलहरूमा सोमरसेट होआ बिन, डोल्से हनोई गोल्डेन लेक र दानङ गोल्डेन बे समावेश छन्।

डुओङका अनुसार यस होटलमा प्रवेशद्वारदेखि छतसम्मका धेरै वस्तु या त सुनको बनेका छन् वा सुनको लेप लगाइएको छ । करिब १०० मिलियन डलरको लागतमा बनेको यस होटलको करिडोर र कोठादेखि लिएर कटलरी र ट्वाइलेट सिटसम्म सबै कुरामा सुनको जलप छ। यो आफैंमा विश्वको पहिलो स्वघोषित सुनको प्लेटेड होटल हो।

कोरोनाले थलिएको थियो होटल
कोरोना भाइरसका कारण विश्वभरको पर्यटन उद्योग नराम्ररी प्रभावित भएपछि भियतनाम पनि यसबाट अछुतो रहेन । महामारी विरुद्ध भियतनामको रणनीतिको अत्यधिक प्रशंसा गरिएको थियो।कोरोना महामारीका कारण विगतका वर्षमा यो होटेलले खासै आम्दानी गर्न सकेन ।

तर, पनि सन् २०२१ मा यो होटेलबाट आम्दानी हुने अपेक्षा होटल सञ्चालकले गरेका थिए । यो होटल ‘डोल्से हनोई गोल्डेन लेक’ का मालिकहरूले अर्को वर्ष पैसा कमाउने आशा गरेका थिए।

लिलामीमा राखियो गोल्ड प्लेटेड होटल
तर, मार्च २०२३ मा हनोई गोल्डेन लेक होटल बिक्रीमा राखियो । यो होटल लिलामीमा राखिएको संचारमाध्यमले लेखेका थिए। होटलको सुरूवाती मूल्य २५० मिलियन डलरमा राखिएको थियो। लिलामी मार्चको लागि तय गरिएको थियो। कम्पनीको कर्मचारी क्षतिपूर्ति दिने चाहना र ब्याजको लागि कोषको कमीका कारण सम्पत्ति बेच्न खोजेको होटलका संचालक डुओङले बताएका थिए ।

सो समयमा करिब १० इच्छुक लगानीकर्ताले मूल्यको लागि वार्ता गरिरहेको संचारमाध्यमले उल्लेख गरेका थिए । २५० मिलियन अमेरिकी डलरको प्रस्ताव गर्दै डुओङले होटलको आकर्षक व्यावसायिक मूल्यका लागि मूल्य बढी हुने अपेक्षा गरेको बताइएको थियो। यद्धपी अचानक डुओङले उक्त लिलामी रद्ध गरेको खबर पनि पछि बाहिरिएको थियो ।

डुओङको होआ बिन समूहको हाल हनोईमा करिब ९,००० वर्ग मिटर जमिन छ र सामाजिक आवास परियोजना निर्माण गर्ने योजना छ । तर लगभग एक वर्षको प्रतिक्षा पछि पनि परियोजना स्वीकृत भएको छैन जसले कम्पनीको अवस्थालाई थप जटिल बनाएको हो।

एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार ००:३९

साङक देछ्योलिङको ११ औँ वार्षिकोत्सवः फुटबल अन्तरगत सेमिफाईन चरणका खेल पुरा

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

साङक देछ्योलिङको ११ ओैं वार्षिकोत्सव : हाजिरी जवाफमा भानुजन मावि प्रथम

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

फुङ्फुङ्गे झरना पर्यटन महोत्वसब सुरु, पालिकाद्धारा २ दिन विदा

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा शुक्रबारबाट फुङफुङ्गे झरना पर्यटन

कालिका माविमा प्रयोगात्मक शिक्षा अन्तरगत विभिन्न सिपमुलक कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका वडा नं. १

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङको सभापतिमा ईन्द्र बहादुर गुरुङ

रेडियो कोबलीताप्लेजुङ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङ शाखाको सभापतिमा