निरन्तर नयाँ रेकर्डमा सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार  



 सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा आज तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो । चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ ।  पछिल्ला दिनहरूमा दैनिकजसो सुनको भाउ बढ्दै गएको छ ।  

गएको पुसमा तोलाको १ लाख २२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ फागुनको शुरुतिर घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । फेरि विस्तारै सुनको मूल्य बढ्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । 

रुस र युक्रेनबीचको युद्ध, अमेरिकी डलरको मूल्य मजबुत, अमेरिकाको ऋणको आकार बढ्नु लगायतका कारण सुनको भाउ बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । सुनचाँदी व्यवसायीहरूका अनुसार रुस–युक्रेन युद्धका कारण विश्वका व्यवसायी अरु क्षेत्रमा लगानी छोडेर सुन खरिदमा लागेपछि विश्व बजारमा मूल्य बढेको हो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ०६:१४

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

ताप्लेजुङ, असोज १ गते । आज विश्वकर्माको पूजा आराधना गरी

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

ताप्लेजुङ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान

सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब

ताप्लेजुङको पाथीभरामा झण्डै १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा

ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति

ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न