चौथो मेयर कप जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा चौथो मेयर कप जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा शुक्रबार प्रतियोगिताको उद्धघाटन गरिएको जिल्ला व्याडमिन्टन संघ अध्यक्ष सुरेश सिंघकले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा जिल्लाका ९८ समुहको सहभागिता रहेको छ । कर्मचारी डबल्स,मेन्स ९० वर्ष भन्दा माथि, मिक्स डबल मेल, मेन्स डबल सिनियर र जुनियर साथै वेस्ट प्लेयर ४५ वर्ष भन्दा माथि गरि ६ क्याटेगोरीमा प्रतियोगिता हुनेछ ।


प्रतियोगिामा अन्तर्गत कर्मचारी डबल्स, मेन्स डबल ९० वर्ष र मिक्स डबल तिन वटैको समान प्रथम र द्धितियले क्रमश १५ हजार र १० हजार सहिात ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै मेन्स डबल सिनियरमा प्रथम र द्धितिय हुनेले क्रमश २५ हजार र १० हजार प्राप्त गर्नेछन् भने मेन्स डबल जुनियरमा क्रमश प्रथम र द्धितियले २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट अनुशासित र वेस्ट प्लेयर दुबैले समान ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । जिल्ला व्याडमिन्टन संघको आयोजना र फुङलिङ नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितालाई ८ वटै गाउँपालिकाले प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : 3:20 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा