चौथो मेयर कप जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा चौथो मेयर कप जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा शुक्रबार प्रतियोगिताको उद्धघाटन गरिएको जिल्ला व्याडमिन्टन संघ अध्यक्ष सुरेश सिंघकले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता २५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा जिल्लाका ९८ समुहको सहभागिता रहेको छ । कर्मचारी डबल्स,मेन्स ९० वर्ष भन्दा माथि, मिक्स डबल मेल, मेन्स डबल सिनियर र जुनियर साथै वेस्ट प्लेयर ४५ वर्ष भन्दा माथि गरि ६ क्याटेगोरीमा प्रतियोगिता हुनेछ ।


प्रतियोगिामा अन्तर्गत कर्मचारी डबल्स, मेन्स डबल ९० वर्ष र मिक्स डबल तिन वटैको समान प्रथम र द्धितियले क्रमश १५ हजार र १० हजार सहिात ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै मेन्स डबल सिनियरमा प्रथम र द्धितिय हुनेले क्रमश २५ हजार र १० हजार प्राप्त गर्नेछन् भने मेन्स डबल जुनियरमा क्रमश प्रथम र द्धितियले २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट अनुशासित र वेस्ट प्लेयर दुबैले समान ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । जिल्ला व्याडमिन्टन संघको आयोजना र फुङलिङ नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितालाई ८ वटै गाउँपालिकाले प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : 3:20 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण