सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा



जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाँउपालिकामा निषेधाज्ञा जारी गरेको छ । हरिनगर गाउँपालिकाका सबै वडा र देवानगंज गाँउपालिकाको वडा नम्बर १ र ७ मा आज दिनको १२ बजेदेखि निशेधाज्ञा जारी गरेको हो ।

शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्धारा जारी गरिएको सूचनामा उल्ल्लेख छ ।

अत्यावश्यक काम परे सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने भेला, धार्मिक, राजनैतिक सभा, र्‍याली, भेलाजम्मा प्रदर्शन लगायतको कुनै कार्यक्रमहरु नगर्न र नगराउन समेत सूचनामार्फत जनकारी गराएको छ ।

२२ गते सुनसरीको भुटहाका जीवन मेताहलाई कुटपिट गरिएको विषयलाई लिएर विवाद चर्किएको थियो । भुटहा आसपास केही समय झडपको समेत भएको थियो सोही विवादले कुनै पनि अप्रिय घटना नघटोस् भन्नका लागि निशेधाज्ञा जारी गरिएको सुनसरी प्रशासन कार्यालयले जनाएको छ ।

यता, विराटनगरमा कुटपिट गर्नेलाई कार्वाहीको माग राख्दै हिन्दु सम्राट नेपाले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र समेत बुझाएका छन्।

प्रकाशित मिति : 7:43 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन