सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा



जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाँउपालिकामा निषेधाज्ञा जारी गरेको छ । हरिनगर गाउँपालिकाका सबै वडा र देवानगंज गाँउपालिकाको वडा नम्बर १ र ७ मा आज दिनको १२ बजेदेखि निशेधाज्ञा जारी गरेको हो ।

शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्धारा जारी गरिएको सूचनामा उल्ल्लेख छ ।

अत्यावश्यक काम परे सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने भेला, धार्मिक, राजनैतिक सभा, र्‍याली, भेलाजम्मा प्रदर्शन लगायतको कुनै कार्यक्रमहरु नगर्न र नगराउन समेत सूचनामार्फत जनकारी गराएको छ ।

२२ गते सुनसरीको भुटहाका जीवन मेताहलाई कुटपिट गरिएको विषयलाई लिएर विवाद चर्किएको थियो । भुटहा आसपास केही समय झडपको समेत भएको थियो सोही विवादले कुनै पनि अप्रिय घटना नघटोस् भन्नका लागि निशेधाज्ञा जारी गरिएको सुनसरी प्रशासन कार्यालयले जनाएको छ ।

यता, विराटनगरमा कुटपिट गर्नेलाई कार्वाहीको माग राख्दै हिन्दु सम्राट नेपाले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र समेत बुझाएका छन्।

प्रकाशित मिति : 7:43 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश