९ खर्ब ६१ अर्ब रेमिट्यान्स नेपाल भित्रियो, विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघ्यो



चालु आर्थिक वर्ष २०८०र८१ को आठ महिना साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८ दशमलव ८ प्रतिशतले बढेर सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव ८ प्रतिशतले बढेको थियो ।

यस्तै देशमा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार आएको छ । असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको विदेशी मुद्रा सञ्चिति २१ दशमलव ७ प्रतिशतले बढेर फागुन मसान्तसम्ममा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

यसले नेपाललाई १४ महिनाभन्दा बढीको वस्तु आयात र १२ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : 12:58 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम