सान्थाक्रामा फाल्गुनन्दको शालिक उद्घाटन




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा किराँत धर्मका महागुरु एव्म नेपालका १६ औ राष्ट्रिय विभुति फाल्गुनन्द लिङदेनको शालिक उद्घाटन भएको छ । किराँत मुजोत्लुङ युमा माङहिम समितीले निर्माण गरेको शालिक बिहिबार (आज) किराँत धर्म गुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम ओङसिमाङमा साबा पवित्राहाङमा लिङदेनको उपस्थितीमा उद्घाटन भएको किराँत मुजोत्लुङ युमा माङहिम समिती अध्यक्ष रुपा साँबा श्रेङले बताउनु भयो ।

उहाँका अनुसार आठ फुट आठ ईन्चको पाँच हजार क्विन्टलको फाल्गुनन्द लिङदेनको शालिक माङसेबुङमा बनाएर सान्थाक्रा ल्याएर उद्धघाटन गरिएको हो । समिती अध्यक्ष रुपा साँबा श्रेङले शालिक र माङहिम विभिन्न संस्था तथा व्यक्तिको साथ सहयोगले बनाउन सफल भएको र यसलाई अझ व्यवस्थित बनाउन समेत थप रकमको आवश्यकता परेकोले आर्थिक सहयोग गर्न समेत आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १३:२८

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक

शीतल निवास वार्ता : बिहान ९ बजे पुनः बस्ने गरी स्थगित

ताप्लेजुङ, भदौ २७ गते । शीतल निवासमा अन्तरिम सरकार गठन

मैवाखोलामा सेफ्टी ट्याङकीको खाल्डोमा परि दुई बालबालिकाको मृत्यु

ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा सौचालयको सेफ्टी ट्याङकीको खाल्डोमा परि