मैवाखोलाका २२ परिवारलाई सोलार वितरण




रेडियो काबेली

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले २२ परिवारलाई सोलार वितरण गरेको छ । पालिकाको वडा न.–६ साम्तोङ्काका २२ विपन्न परिवारलाई अँध्यारोबाट छुटकारा दिलाउन बुधबार बस्तीमै पुगेर सोेलार वितरण गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।


अध्यक्ष वनेमका अनुसार गाउँपालिकाको नवीकरणीय उर्जा प्रवद्र्धन कार्यक्रम मार्फत २२ घर परिवारलाई सोलार बितरण गरिएको हो । सोही कार्यक्रम अन्तर्गत गत बर्ष सोही बस्तीका ११ घर परिवारलाई सोलार बितरण गरिएको थियो । यस बर्ष भने बाँकीलाई वितरण गरिएको हो ।


ठूलो क्षेत्रफल भएको यस गाउँमा घरहरु एकदमै टाढा टाढा छरिएर रहेकाले केन्द्रीय विद्युत प्रसारण लाइन पुग्न समय लाग्ने भएकाले अँध्यारोबाट छुटकारा दिलाउन सोलार वितरण गरिएको हो । यता केन्द्रीय विद्युत प्रसारण लाईन पुर्याउन पहल निरन्तर भैरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 11:21 am

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई