मैवाखोलाका २२ परिवारलाई सोलार वितरण




रेडियो काबेली

ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले २२ परिवारलाई सोलार वितरण गरेको छ । पालिकाको वडा न.–६ साम्तोङ्काका २२ विपन्न परिवारलाई अँध्यारोबाट छुटकारा दिलाउन बुधबार बस्तीमै पुगेर सोेलार वितरण गरिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।


अध्यक्ष वनेमका अनुसार गाउँपालिकाको नवीकरणीय उर्जा प्रवद्र्धन कार्यक्रम मार्फत २२ घर परिवारलाई सोलार बितरण गरिएको हो । सोही कार्यक्रम अन्तर्गत गत बर्ष सोही बस्तीका ११ घर परिवारलाई सोलार बितरण गरिएको थियो । यस बर्ष भने बाँकीलाई वितरण गरिएको हो ।


ठूलो क्षेत्रफल भएको यस गाउँमा घरहरु एकदमै टाढा टाढा छरिएर रहेकाले केन्द्रीय विद्युत प्रसारण लाइन पुग्न समय लाग्ने भएकाले अँध्यारोबाट छुटकारा दिलाउन सोलार वितरण गरिएको हो । यता केन्द्रीय विद्युत प्रसारण लाईन पुर्याउन पहल निरन्तर भैरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 11:21 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण