खेलाडीलाई पाथीभरा याङ्वरकको सम्मान



ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको छ। विभिन्न स्थानीय तहमा सञ्चालित अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा सहभागी भएर उपाधि जित्न सफल खेलाडीलाई गाउँपालिकाले सम्मान साथै पुरस्कृत गरेको हो।

जिल्लाको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा सञ्चालित अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा उपाधि जित्न सफल भएका खेलाडीलाई सम्मान गरिएको हो। पाथीभरा याङ्वरक गाउँपालिकाको तर्फबाट प्रतियोगितामा सहभागी भई उपाधि जित्न सफल भएका खेलाडीलाई सम्मान गर्नुका साथै पुरस्कृत गरिएको छ।

खेलाडीलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले सम्मान गर्नुभएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार प्रतियोगिता जितेर प्राप्त गरेको पुरस्कार रकम बराबर नै गाउँपालिकाको तर्फबाट थप रकमसहित खेलाडीलाई सम्मान गरिएको छ। भलिबल विधाका खेलाडीको प्रोत्साहन गर्न गाउँपालिकाले सम्मान गरेको घिमिरेले बताउनुभयो। गोरखापत्र

प्रकाशित मिति : 1:17 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०