बेलायतमा बढ्यो शिक्षकमाथि विद्यार्थीको दुर्व्यवहार



एजेन्सी । बेलायतका पाँचमध्ये एकजना शिक्षकले आफू विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताएका छन् । कोरोना महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग विद्यालय र शिक्षकहरू जुधिरहेको हिजो सार्वजनिक सर्वेक्षण रिपोर्टले देखाएको हो ।

कोरोनाको महामरीपछि लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षाकोठामा विद्यार्थीको शिक्षकप्रति अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टको निष्कर्ष रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बेलायतका शिक्षाका विज्ञले बताएका छन् । ‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले गरेको नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा तीस प्रतिशत शिक्षकहरूले विद्यार्थी र शिक्षकबीच मनमुटाव बढेको बताएका छन् ।

एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ०१:११

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले