बेलायतमा बढ्यो शिक्षकमाथि विद्यार्थीको दुर्व्यवहार



एजेन्सी । बेलायतका पाँचमध्ये एकजना शिक्षकले आफू विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताएका छन् । कोरोना महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग विद्यालय र शिक्षकहरू जुधिरहेको हिजो सार्वजनिक सर्वेक्षण रिपोर्टले देखाएको हो ।

कोरोनाको महामरीपछि लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षाकोठामा विद्यार्थीको शिक्षकप्रति अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टको निष्कर्ष रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।

यो समस्याको समाधान हुन वर्षौँ लाग्ने बेलायतका शिक्षाका विज्ञले बताएका छन् । ‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले गरेको नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा तीस प्रतिशत शिक्षकहरूले विद्यार्थी र शिक्षकबीच मनमुटाव बढेको बताएका छन् ।

एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : 1:11 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर