ताप्लेजुङका सबै स्थानीय तहमा अपाङ्ग रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजना साथै करुणा फाउन्डेसनको सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेशको प्राविधिक सहयोगमा आज जिल्ला समन्वय समितिको सभाहलमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । 

अभिमुखीकरण कार्यक्रममा जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता न्यूनिकरण एवम् अपाङ्गता भएका व्यक्तिहरूसहितको समावेशी समाजको निर्माण गर्ने उद्देश्य सहित ताप्लेजुङका प्रत्येक स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी योजना प्रस्तुत गरिएको थियो । 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालका अनुसार आगामी आर्थिक वर्षमा उक्त कार्यक्रम ताप्लेजुङका ९ वटै स्थानीय तहले प्रदेश सरकार र करुणा फाउन्डेसनको सहयोगमा सञ्चालन गर्नु पर्ने छ । 

हाल यो कार्यक्रम देशका १०७ स्थानीय तहहरूमा सञ्चालनमा रहेको उहाँले बताउनुभयो । जसमा प्रथम चरण २०७६/७७ मा मोरङ, सुनसरी, धनकुटा, पाँचथरका (२८ वटा स्थानीय तह)हरूमा सञ्चालन भएको थियो । दोस्रो चरण २०७७/७८ मा मोरङ, सुनसरी, भोजपुर, र सङ्खुवासभाका (३१ स्थानीय तह)मा सञ्चालन भएको थियो । 

यस्तै तेस्रो चरण २०८०/८१ मा सोलुखुम्बू, ओखलढुङ्गा, खोटाङ र उदयपुरका (३४ स्थानीय तह)हरूमा सञ्चालन भएको र चौथो चरण २०८१/८२ मा ताप्लेजुङ, तेह्रथुम र झापाका (३० स्थानीय तह)मा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । 

अपाङ्ग रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी ताप्लेजुङका सबै स्थानीय तहहरूले प्रतिवद्धता समेत जाहेर गरेका छन् । कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समन्वय समिति प्रमुख छिरिङ लामा, ९ वटै स्थानीय तहका प्रमुख, प्रतिनिधि र महिला तथा बालबालिका शाखा प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थित रहेको थियो । 

ताप्लेजुङ जिल्लमा राष्ट्रिय जनगणना २०७८ अनुसार अपाङ्गता भएका व्यक्तिहरूको संख्या जम्मा ३ हजार १४ जना रहेको छ । जसमा एक हजार ३९५ जना महिला र एक हजार ६१९  जना पुरुष रहेका छन् । 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:५१

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय