भोलीबाट सुरु हुने एसईई परिक्षाको तयारी पुरा, ताप्लेजुङका १८ सय ९० विद्यार्थीले परिक्षा दिँदै



एलिना दियाली
ताप्लेजुङ । बिहिबार (भोली) बाट देशैभर सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ताप्लेजुङका १८ सय ९० विद्यार्थीले परिक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङका प्रमुख योगश्वर भट्टराईले दिनुभएको जानकारी अनुसार उक्त संख्याका बिधार्थीले एसर्ईई परिक्षा दिन लागेका हुन् ।


प्रश्न पत्र र उत्तर पुस्तिका सबै केन्द्रमा पुगि सकेको र सम्बन्धित केन्द्राध्यक्षले रुजु गरि सक्नु भएकोले सबै तयारी पुरा भएको शिक्षा एकाई प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अुनसार जिल्लामा एसईईका लागि १७ वटा केन्द्र र केन्द्राध्यक्ष समेत तोकिएको छ । जसमा बालसुबोधिनी संस्कृत मावि केन्द्रमा युवराज बस्नेतलाई केन्द्राध्यक्ष, भानु जन माविमा किशोर कुमार राई, सिवाँ माविमा ओमनाथ गौतम, युवावर्ष माविमा फुङलिङमा चन्द्रमणि पौडेल, सिद्धकाली मावि दोखुमा अम्बर कुमार राई, जनता मावि हाङ्देवा केन्द्रमा राम बहादुर गुरुङलाई केन्द्राध्यक्ष तोकिएको छ ।


त्यस्तै मोति मावि खोक्लिङमा केबुहाङ लिम्बु, त्रिभुवन मावि थुकिमामा कमल चेम्जोङ, सिनाम माविमा तुलसीराम पोख्रेल, थेचम्बु माविमा देउ कुमार लिम्बु, तेल्लोक माविमा रुकमान थेबे, गणेश मावि केन्द्रमा राम कुमार लिम्बुलाई केन्द्राध्यक्ष तोकिएको छ । त्यस्तै भञ्जाङ मावि सिदिङवामा राजेन्द्र ईदिङ्गोे, मैवाखोला मावि आठराई त्रिवेणीमा भक्त बहादुर लिम्बु, सरस्वती मावि हाङपाङमा चन्द्र पसाद तामाङ, दर्गा माध्यमिक विद्यायल आठराई त्रिवेणीमा कुल प्रसाद भट्टराई र सरस्वती च्यारिवुक मावि लेलेपमा चन्द्रमणि लिम्बुलाई केन्द्राध्यक्ष तोकिएको छ ।


जिल्लामा कुनैपनि अपाङ्गता भएका व्यक्ति एसईईमा परिक्षा दिने नरहेको समेत शिक्षा समन्वय एकाईले जनाएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तोकिएको छ । परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन्।

प्रकाशित मिति : 11:40 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी