भोलीबाट सुरु हुने एसईई परिक्षाको तयारी पुरा, ताप्लेजुङका १८ सय ९० विद्यार्थीले परिक्षा दिँदै



एलिना दियाली
ताप्लेजुङ । बिहिबार (भोली) बाट देशैभर सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ताप्लेजुङका १८ सय ९० विद्यार्थीले परिक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङका प्रमुख योगश्वर भट्टराईले दिनुभएको जानकारी अनुसार उक्त संख्याका बिधार्थीले एसर्ईई परिक्षा दिन लागेका हुन् ।


प्रश्न पत्र र उत्तर पुस्तिका सबै केन्द्रमा पुगि सकेको र सम्बन्धित केन्द्राध्यक्षले रुजु गरि सक्नु भएकोले सबै तयारी पुरा भएको शिक्षा एकाई प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अुनसार जिल्लामा एसईईका लागि १७ वटा केन्द्र र केन्द्राध्यक्ष समेत तोकिएको छ । जसमा बालसुबोधिनी संस्कृत मावि केन्द्रमा युवराज बस्नेतलाई केन्द्राध्यक्ष, भानु जन माविमा किशोर कुमार राई, सिवाँ माविमा ओमनाथ गौतम, युवावर्ष माविमा फुङलिङमा चन्द्रमणि पौडेल, सिद्धकाली मावि दोखुमा अम्बर कुमार राई, जनता मावि हाङ्देवा केन्द्रमा राम बहादुर गुरुङलाई केन्द्राध्यक्ष तोकिएको छ ।


त्यस्तै मोति मावि खोक्लिङमा केबुहाङ लिम्बु, त्रिभुवन मावि थुकिमामा कमल चेम्जोङ, सिनाम माविमा तुलसीराम पोख्रेल, थेचम्बु माविमा देउ कुमार लिम्बु, तेल्लोक माविमा रुकमान थेबे, गणेश मावि केन्द्रमा राम कुमार लिम्बुलाई केन्द्राध्यक्ष तोकिएको छ । त्यस्तै भञ्जाङ मावि सिदिङवामा राजेन्द्र ईदिङ्गोे, मैवाखोला मावि आठराई त्रिवेणीमा भक्त बहादुर लिम्बु, सरस्वती मावि हाङपाङमा चन्द्र पसाद तामाङ, दर्गा माध्यमिक विद्यायल आठराई त्रिवेणीमा कुल प्रसाद भट्टराई र सरस्वती च्यारिवुक मावि लेलेपमा चन्द्रमणि लिम्बुलाई केन्द्राध्यक्ष तोकिएको छ ।


जिल्लामा कुनैपनि अपाङ्गता भएका व्यक्ति एसईईमा परिक्षा दिने नरहेको समेत शिक्षा समन्वय एकाईले जनाएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तोकिएको छ । परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:४०

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता