लिबाङमा निर्माण भएको स्वास्थ्य चौकी भवनको उद्घाटन



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको हस्तान्तरित कार्यक्रमअन्तर्गतको बजेटले लिबाङ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको हो ।

स्वास्थ्य चौकी भवनको भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबार मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले उद्घाटन गर्नुभएको छ । स्वास्थ्य चौकी भवन कुल एक करोड १९ लाख ८६ हजार ९४१ रुपियाँको लागतमा निर्माण भएको गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार लिबाङ स्वास्थ्य चौकी सञ्चालनलाई आवश्यक पर्ने कोठा र अन्य संरचनासहित पक्की भवन निर्माण गरिएको छ । उक्त भवन निर्माण गर्नका लागि स्थानीय बलनाथ लिम्बूले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । सोही जग्गामा सुनकोसी निर्माण सेवा प्रालिले स्वास्थ्य चौकी भवन निर्माण गरेको स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:45 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा