लिबाङमा निर्माण भएको स्वास्थ्य चौकी भवनको उद्घाटन



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको हस्तान्तरित कार्यक्रमअन्तर्गतको बजेटले लिबाङ स्वास्थ्य चौकीको नयाँ भवन निर्माण गरिएको हो ।

स्वास्थ्य चौकी भवनको भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबार मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले उद्घाटन गर्नुभएको छ । स्वास्थ्य चौकी भवन कुल एक करोड १९ लाख ८६ हजार ९४१ रुपियाँको लागतमा निर्माण भएको गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार लिबाङ स्वास्थ्य चौकी सञ्चालनलाई आवश्यक पर्ने कोठा र अन्य संरचनासहित पक्की भवन निर्माण गरिएको छ । उक्त भवन निर्माण गर्नका लागि स्थानीय बलनाथ लिम्बूले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । सोही जग्गामा सुनकोसी निर्माण सेवा प्रालिले स्वास्थ्य चौकी भवन निर्माण गरेको स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:45 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण