निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि शिक्षा मन्त्रालयको परिपत्र



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी विद्यालयमा शुल्क निर्धारणलगायतका व्यवस्थाको सुनिश्चित गर्न पालिकालाई परिपत्र गरेको छ । मन्त्रालयले आज सात सय ५३ वटै पालिकालाई पत्र पठाएर विशेषगरी निजी तथा संस्थागत विद्यालयले लागू गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गर्न भनेको हो ।

गएको ७ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयले जथाभावी शुल्क असुल्ने काम रोक्न र कानुनी व्यवस्थाअनुसार छात्रबृत्तिको सुनिश्चित गर्न आग्रह गरेको छ । मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐनमा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रबृत्तिको व्यवस्थापन सम्बन्धमा पालिकाले काम गर्नुपर्ने व्यवस्था भएको स्मरण गराउँदै त्यसैअनुसार स्वीकृत मापदण्ड, निर्देशिका वा कार्यविधिसमेतका आधारमा कार्यान्वयन गर्न भनेको छ ।

शुल्क र छात्रबृत्तिको विवरण सम्बन्धित विद्यालय र गाउँ तथा नगरपालिकाबाट वेबसाइट वा अरू माध्यमबाट सार्वजनिक गर्न र यी विषयलाई विद्यालयको मूल्याङ्कनको आधार बनाउन मन्त्रालयको आग्रह छ ।

प्रकाशित मिति : 1:31 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा