नागरिकलाई ‘म सुरक्षित छु’ भन्ने महसुस हुनेगरि काम गर्ने ताप्लेजुङका प्रजिअ आचार्यको प्रतिबद्धता



ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले नागरिकलाई ‘म सुरक्षित छु’ भन्ने महसुस हुनेगरि काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सबैले संयमित र आफूले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रष्ट भएर काम गर्ने हो भने अमनचयन र सुशासन कायम हुने उहाँको विश्वास छ । 

ताप्लेजुङको नयाँ प्रमुख जिल्ला भएर आएपछि सोमवार ताप्लेजुङका सञ्चारकर्मीसँग छलफल गर्दै प्रजिअ आचार्यले शान्ति सुरक्षा र सुशासनका पक्षमा आफू दृढ र प्रतिबद्ध भएको सुनाउनुभयो । भन्नुभयो ‘सुशासन कायम राख्न सबैले जवाफदेही बन्नुपर्छ, आफ्नो जिम्मेवारी इमानदार र कुशलतापूर्वक निर्वाह गर्ने हो भने समस्या आउँदैन’। प्रजिअ आर्चायले सरकारी ओहदामा बसेका कर्मचारीले सेवाग्राहीमैत्री व्यवहार अपनाउनु पर्नेमा जोड दिनुभयो । 

कार्यालय प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारी समेतलाई आफूले सेवाग्राहीमैत्री व्यवहार अपनाउन, सेवाग्राहीमा नयाँ आशाको सञ्चार गराउन आग्रह गरिसकेको उहाँको भनाई थियो । आचार्यले स्वदेशमै आफ्नो भविष्य छ र यही बसौँ भन्ने आशाको सञ्चार गराउन सुशासन प्रमुख पक्ष हुने दोहो¥याउनुभयो । विकास निर्माणका कार्यहरूमा समेत सहजीकरण गर्ने दायित्वप्रति आफू विमुख नहुने उहाँको भनाई छ । 

तीन तहका सरकारबीचको अन्तरसम्बन्धलाई बुझेर काम गर्ने बताउँदै प्रजिअ आचार्यले जिल्लाका सबै स्थानीय तह समेत पुगेर सुशासन, नागरिकता सिफारिस सहितका विषयमा छलफल गरी समस्या भए त्यसको समाधान खोज्न आफ्नो प्रयास रहने बताउनुभयो । उपभोक्ता अधिकारप्रति स्थानीय सरकार सहित सम्वद्ध सबै पक्षसँग सहकार्य गरी काम गर्ने आचार्यको भनाई छ । 

लागूऔषध, दुर्व्यसन र कुलत रोक्ने अभियानलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । स्थानीय तहबाट हुने नागरिकता सिफारिस सहितका विषयलाई वडा तहले अभिलेख व्यवस्थापन गरेमा प्रतिलिपि सहितका समस्याहरूको हल हुने भएकोले यसका बारेमा वडा तहका जनप्रतिनिधिसँग समेत छलफल गर्ने उहाँको भनाई छ । कानुनले अख्तियारी गरेका विषयको कार्यान्वयन र सहजिकरणमा आफ्नो ध्यान केन्द्रित हुने समेत प्रजिअ आचार्यले बताउनुभयो । 

बिभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी समेतको भूमिका निर्वाह गरिसक्नु भएका आचार्यले गृह प्रशासन बाहेक भूमि, श्रम, संघीय मामिला, अख्तियार सहितका निकायहरूमा बसेर काम गर्नु भएको छ । आचार्य २०५१ सालमा निजामती सेवामा प्रवेश गर्नु भएको हो ।

 यहाँका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको सरुवा भएलगत्तै आउनु भएका उहाँ अहिले राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट यहाँको प्रमुख जिल्ला अधिकारी बनेर आउनु भएको हो । eujyalopost.com

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १२:४२

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष