ताप्लेजुङको फुङलिङमा ढुङ्गाले लागेर एकको मृत्यु 



ताप्लेजुङ ।  ताप्लेजुङको फुङलिङमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका ५ उकालीपानीका ५९ वर्षीय रामचन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मृतक गुरुङको ढुङ्गा फुटाएर खाजा खाने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर घटनास्थलमा मृत्यु भएको हो । ईन्द्रणी ब्याडमिन्टन हल छेउमा आज करिब ३ बजे गुरुङलाई ढुङ्गाले लागेर ज्यान गएको प्रहरी निरीक्षक लुङ्गलीको भनाई छ । 

मृतकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि आवश्यक तयारी भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टम पछि आज नै आफन्तलाई बुझाउने बताइएको छ । 

प्रकाशित मिति : 12:31 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा