मेरिङदेनको थुकिमामा महिलाको नेतृत्व विकास सम्बन्धी पाँच दिने तालिम सम्पन्न 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेनमा महिलाहरूको नेतृत्व विकास सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । मेरिङदेन गाउँपालिकाको ५ नं. वडा कार्यालय, थुकिमामा उक्त तालिम सम्पन्न भएको हो  । 

महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धिमा योगदान पुर्याउने लक्ष्यका साथ सञ्चालन गरिएको ५ दिने तालिममा मरिङदेन गाउँपालिकाका महिला विकास शाखा प्रमुख भावना घर्ती र रेडियो काबेलीका समाचार प्रमुख एलिना दियालीले संयुक्तरुपमा सहजीकरण गर्नु भएको मेरिङ्देन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनु भएको छ । 

समापन कार्यक्रम मेरिङदेन गाउँपालिकाका अध्यक्ष यूक हाँ विर हाङ्गाम (डम्बर)को प्रमुख आतिथ्यतामा भएको छ । यस्तै विशिष्ट अतिथिकोरुपमा उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभाध्यक्ष  ५ नं. वडाका वडाध्यक्ष जसमान लिम्बुले गर्नु भएको थियो । 

साथै समापन कार्यक्रममा सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । 

प्रकाशित मिति : 1:53 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन