टिप्ताला नाका सञ्चालनका लागि परराष्ट्र मन्त्रीलाई आग्रह



ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष छेतेन शेर्पाले टिप्ताला नाका सञ्चालनका लागि परराष्ट्र मन्त्रीलाई आग्रह गर्नु भएको छ । उहाँले परराष्ट्र मन्त्रीलाई एक पत्र मार्फत उक्त नाका बाह्रै महिना सञ्चालन हुने गरी सुचारु गर्न आग्रह गर्नु भएको हो । 

टिपताला नाका अस्थाई रुपमा सञ्चालन गर्ने गरी विवरण माग भई आएको हुनाले बाह्रै महिना नाका सञ्चालनको लागि पत्रमार्फत आग्रह गरिएको छ । पत्रमा मे देखि अक्टोबर सम्म मात्र सुचारु गर्न सहज हुने उल्लेख भएता पनि हाल जलवायु परिवर्तनका कारण कम हिउँ पर्ने, पैदल मार्ग ठाउँमा अहिले सडक सञ्जाल पनि त्रिदेशीय रुपमा जोडिएकाले नाका बाह्रै महिना सञ्चालन गर्न सकिने सम्भावना उल्लेख गर्दै पत्र पठाइएको छ । 

कोभिड पछि नाका सञ्चालनमा आउन नसक्दा ओलाङगोला, याङमा लगायतका पूर्वकै जिल्लाका स्थानीयहरुको जीवनस्तर कष्टकर बन्दै गएका समेत पत्रमा उल्लेख गरिएको छ । नाका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ मार्फत विभिन्न क्षेत्रबाट ध्यानाकर्षण गराउँदा समेत नाका सञ्चालन हालसम्म टुङ्गो लागेको छैन ।  

प्रकाशित मिति : 1:36 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण