टिप्ताला नाका सञ्चालनका लागि परराष्ट्र मन्त्रीलाई आग्रह



ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष छेतेन शेर्पाले टिप्ताला नाका सञ्चालनका लागि परराष्ट्र मन्त्रीलाई आग्रह गर्नु भएको छ । उहाँले परराष्ट्र मन्त्रीलाई एक पत्र मार्फत उक्त नाका बाह्रै महिना सञ्चालन हुने गरी सुचारु गर्न आग्रह गर्नु भएको हो । 

टिपताला नाका अस्थाई रुपमा सञ्चालन गर्ने गरी विवरण माग भई आएको हुनाले बाह्रै महिना नाका सञ्चालनको लागि पत्रमार्फत आग्रह गरिएको छ । पत्रमा मे देखि अक्टोबर सम्म मात्र सुचारु गर्न सहज हुने उल्लेख भएता पनि हाल जलवायु परिवर्तनका कारण कम हिउँ पर्ने, पैदल मार्ग ठाउँमा अहिले सडक सञ्जाल पनि त्रिदेशीय रुपमा जोडिएकाले नाका बाह्रै महिना सञ्चालन गर्न सकिने सम्भावना उल्लेख गर्दै पत्र पठाइएको छ । 

कोभिड पछि नाका सञ्चालनमा आउन नसक्दा ओलाङगोला, याङमा लगायतका पूर्वकै जिल्लाका स्थानीयहरुको जीवनस्तर कष्टकर बन्दै गएका समेत पत्रमा उल्लेख गरिएको छ । नाका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ मार्फत विभिन्न क्षेत्रबाट ध्यानाकर्षण गराउँदा समेत नाका सञ्चालन हालसम्म टुङ्गो लागेको छैन ।  

प्रकाशित मिति : 1:36 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा