ताप्लेजुङमा करिब २ दिनको अवधिमा ३२.७ मिलिमिटर वर्षा 



ताप्लेजुङ । ताप्लेजुङमा करिब २ दिनको अवधिमा ३२.७ मिलिमिटर वर्षा भएको छ । मंगलबार राति देखि बिहीबार बिहान करिब ९ बजेसम्ममा ३२.७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख डेभिट ढकालले बताउनुभयो । 

उहाँका अनुसार सबैभन्दा बढी गएराति २४.२ मिलिमिटर वर्षा भएको छ । यो सहित पछिल्लो २४ घण्टा (बुधबार बिहान ८ः४५ देखि बिहीबार बिहान ८ः४५ सम्म) मा भने ३०.२ मिलिमिटर वर्षा भएको कार्यालयले जनाएको छ । आज पनि ताप्लेजुङ सहित देशका बिभिन्न भूभागमा वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

खेती गर्ने कृषकहरूका लागि भने यो वर्षाले राहत मिलेको छ । हिउँद तथा सुक्खायाम सुरु भए सँगैको खडेरीले किसानहरूले बाली लगाउन पाएका थिएनन् भने अर्कोतर्फ वन डढेलोले ग्रसित बनाएको थियो । समयमै वर्षा नहुँदा बाली नगाउन नपाएकाले किसानहरू चिन्तित भएका थिए । अब भने यो वर्षाले केही मात्रामा भएपनि राहत मिलेको कृषकहरू सुनाउँछन् । 

विशेष गरेर सुक्खायामको समयमा नगदे बालीको रुपमा रहेको अलैँची खेतीलाई अत्याधिक प्रभाव पारेको थियो । अहिले गाउँ–गाउँमा मकै छर्ने सिजन पनि चलिरहेको छ । समयमै वर्षा नहुँदा कतिपय किसानहरूले मकै छर्न नै पाएका थिएनन् । २ दिन अघिदेखि भएको वर्षापछि किसान उत्साहित हुँदै बाली बाली लगाउने सुरसार गर्न थालेका छन् ।
 
वर्षाले वनमा लागेको डढेलोलाई समेत नियन्त्रण गर्न टेवा पु¥याएको छ । जथाभावी रुपमा वनमा लागेको डढेलो बस्ती सम्मै प्रवेश गर्दा ताप्लेजुङमा करिब आधा दर्जन भन्दा बढी घरहरूमा क्षति  समेत पुगेको थियो । जङ्गलको आगो बस्तीमा प्रवेश गर्दा छिमेकी जिल्ला तेह्रथुमको फेदाप गाउँपालिकामा २३ ओटा घर र ५ ओटा गोठ जलेर नष्ट भएका छन् । 

यो वर्षापछि अब केही दिनका लागि आगलागीको जोखिम समेत न्यूनिकरण भएको छ ।  

प्रकाशित मिति : 4:06 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा