अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल, पुग्यो अहिलेसम्मकै उच्च विन्दुमा



एजेन्सी । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य २.२३ प्रतिशत अर्थात प्रतिऔंस ४८.११ डलरले वृद्धि भएको हो । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजार प्रतिऔंस २ हजार २०५.२४ डलर पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उछाल आएको छ । चाँदीको मूल्य प्रतिऔंस ३.२६ प्रतिशत अर्थात ०.८२ डलरले वृद्धि भएको छ । चाँदीको मूल्य प्रतिऔंस २५.७ डलर कायम भएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले यस वर्ष ब्याजदरमा ३ प्रतिशतसम्मको कटौती गर्ने सम्भावना उच्च रहेकाले सुनको मूल्यमा वृद्धि भएको हो ।

ब्याजदरमा कमी आउने सम्भावना उच्च भएपछि लगानीकर्ताले सुनको खरिद बढाएका छन् । खरिद चाप उच्च भएका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको हो । फेडको बुधबार बसेको बैठकले हालका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । तर फेडका प्रमुख जेरोमी एच पावेलले यस वर्ष ३ प्रतिशतसम्म ब्याजदर कटौती हुनसक्ने संकेत दिएका छन् ।

उनले कटौतीको मिति उल्लेख नगरेपनि अर्थतन्त्र कुन रुपमा अघि बढ्छ भन्ने कुरामा निर्भर रहने बताए । फेडले बुधबार ब्याजदर ५.२५ देखि ५.५ प्रतिशत नै कायम गरेको छ । जुन २३ वर्षकै उच्च हो । अमेरिकामा मुद्रास्फिती उच्च रहेकाले यस वर्ष फेडले थुप्रै पटक ब्याजदरमा कटौती गर्न सक्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

प्रकाशित मिति : 3:02 am

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५