ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात



ताप्लेजुङ । मङ्गलबार रातिदेखि सुरु भएको वर्षासँगै ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगअन्तर्गत रहेको बस्ती फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोलासहित क्षेत्रमा हिमपात भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार घुन्सामा आधा फिटभन्दा कम अर्थात् चार इन्च जति हिउँ परेको छ । उहाँले फले, याङ्मा र ओलाङ्चुङगोला बस्तीसम्म नै सामान्य हिमपात भएको जानकारी दिनुभयो । हिमाली भेगका बस्तीमा बुधबार अपरान्हदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।

फलेका स्थानीय फुटी शेर्पाका अनुसार अपरान्हदेखि सुरु भएको हिमपात साँझसम्म नै जारी रहेको छ । बस्तीसम्म नै सामान्य हिउँ परेपछि चिसो निकै बढेको शेर्पाले बताउनुभयो । उहाँकाअनुसार बस्तीनजिक माथिल्लो भेगका डाँडाहरुमा सेताम्मे हिउँ परेको छ । ओलाङ्चुङगोलाका दावाफुटी शेर्पाले पनि गोला बस्तीसम्म नै वर्षासँगै सामान्य हिउँ परेको जानकारी दिनुभयो । वर्षा र हिमपात भएपछि चिसो बढेको शेर्पाको भनाइ छ ।

ओलाङ्चुङगोलाकै अर्को हिमाली बस्ती याङ्मा पनि हिउँ परेको स्थानीय ताम्लिङ शेर्पाले बताउनुभयो । याङ्मा चार हजार २०० मिटर उचाइ भएको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो । याङ्माबाहेक ओलाङ्चुङगोला, घुन्सा र फलेबस्ती पनि तीन हजार २०० मिटरभन्दा बढी उचाइ रहेको हिमाली बस्तीहरु हुन् ।

यस्तै, तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि बाक्लो हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उच्च हिमाली भेगमा हिमापत भएपछि सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लामा तुलनात्मक रुपमा चिसो निकै बढेको छ ।

यता सामान्य पानी पर्नेक्रम जारी रहेकाले थप हिमपात हुने सम्भावना रहेको स्थानीय बताउँछन् । ताप्लेजुङमा बुधबार ८.५ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जानकारी दिएको छ । gorkhapatraonline.com

प्रकाशित मिति : 2:16 am

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन