फुङलिङ नगरपालिकामा भएको आगलागीबाट करिब १५ लाख क्षति



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा भएको आगलागीबाट करिब १५ लाख रुपैयाँका क्षति भएको छ । मंगलबार अपराह्न फुङलिङ ३ का स्थानीय हर्क बहादुर पालुङवाको घर आगलागी हुँदा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल कुमार लुङ्गेली जानकारी दिनुभयो । 

उहाँका अनुसार पालुङवाको ढुङ्गा, माटोले बनेको जस्ताको पाताले छाएको ३ तले घर जले र नष्ट भएको हो । आगलागीबाट नब्बे हजार रुपैयाँ नगद, खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, घरमा रहेको आवश्यक कागजात लगायतका सामाग्री जलेर नष्ट भएको प्रहरी भनाई छ । आगलागीबाटै गोठ बाँधेका एउटा भैँसी समेत मरेको छ । 

आगो गोठबाट सल्किएर घरमा प्रवेश गरेको स्थानीयको भनाई छ । करिब ३ बजे आगलागी सुरु भएको र सोही वडाको अस्थायी प्रहरी चौकी सिम्लेबाट खटेको प्रहरीको टोली, स्थानीय लगायतको पहलमा करिब १ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

सुक्खायाम सुरु भएसँगै आगलागीका घटना समेत जिल्लामा तिव्रता पाउँदै छन् । केही दिन अगाडिमात्रै फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका लगायतको क्षेत्रमा वनमा लागेको आगोले घरमा क्षति पु¥याएको छ । 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १४:१२

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा