फुङलिङ नगरपालिकामा भएको आगलागीबाट करिब १५ लाख क्षति



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा भएको आगलागीबाट करिब १५ लाख रुपैयाँका क्षति भएको छ । मंगलबार अपराह्न फुङलिङ ३ का स्थानीय हर्क बहादुर पालुङवाको घर आगलागी हुँदा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल कुमार लुङ्गेली जानकारी दिनुभयो । 

उहाँका अनुसार पालुङवाको ढुङ्गा, माटोले बनेको जस्ताको पाताले छाएको ३ तले घर जले र नष्ट भएको हो । आगलागीबाट नब्बे हजार रुपैयाँ नगद, खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, घरमा रहेको आवश्यक कागजात लगायतका सामाग्री जलेर नष्ट भएको प्रहरी भनाई छ । आगलागीबाटै गोठ बाँधेका एउटा भैँसी समेत मरेको छ । 

आगो गोठबाट सल्किएर घरमा प्रवेश गरेको स्थानीयको भनाई छ । करिब ३ बजे आगलागी सुरु भएको र सोही वडाको अस्थायी प्रहरी चौकी सिम्लेबाट खटेको प्रहरीको टोली, स्थानीय लगायतको पहलमा करिब १ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

सुक्खायाम सुरु भएसँगै आगलागीका घटना समेत जिल्लामा तिव्रता पाउँदै छन् । केही दिन अगाडिमात्रै फुङलिङ नगरपालिका र पाथीभरा याङवरक गाउँपालिका लगायतको क्षेत्रमा वनमा लागेको आगोले घरमा क्षति पु¥याएको छ । 

प्रकाशित मिति : 2:12 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन