इलाम–२ मा मिलन लिम्बुको स्वतन्त्र उम्मेदवारी घोषणा



मिलन लिम्बुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् ।

उम्मेदवारी घोषणा गर्दै लिम्बुले अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लड्ने उनले बताए ।

विकास र समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग गरेको उम्मेदवार लिम्बुको आरोप छ ।

प्रकाशित मिति : 12:44 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन