इलाम–२ मा मिलन लिम्बुको स्वतन्त्र उम्मेदवारी घोषणा



मिलन लिम्बुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् ।

उम्मेदवारी घोषणा गर्दै लिम्बुले अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लड्ने उनले बताए ।

विकास र समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग गरेको उम्मेदवार लिम्बुको आरोप छ ।

प्रकाशित मिति : 12:44 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान