तेह्रथुमको फेदापमा आगलागी, १६ घर जलेर नष्ट



तेह्रथुमको फेदाप गाउँपालिका–१ को टारी र बाजाघर गाउँमा आगलागी भएको छ । आगलागीबाट १६ वटा घर जलेर नष्ट भएको फेदाम गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिनुभयो । आगलागीबाट केही पशुचौपाया मरेका उहाँले बताउनुभयो ।

आगलागी भएको ठाउँमा तीव्र गतिमा हावा चल्दा आगो निभाउन गाह्रो भएको अध्यक्ष भेटवालले बताउनुभयो । आगलागी भएको ठाउँ सुक्खा क्षेत्र र जङ्गल नजिक छ । अहिले प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका भेटवालले जानकारी दिनुभयो ।

टारी र बाजाघर गाउँमा गरी झण्डै एक सय वटा घर छन् । गाउँमा धेरैजसो खरका घर भएका कारण आज दिउँसोदेखि लागेको आगो निभाउन गाह्रो भइरहेको अध्यक्ष भेटवालले बताउनुभयो ।

प्रकाशित मिति : 12:30 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश