ताप्लेजुङमा घरेलु तथा साना उद्योग कार्यालयद्वारा १५ दिने झोला बुनाई तालिम सम्पन्न 



ताप्लेजुङ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले झोला बुनाई तालिम सम्पन्न  गरेको छ । फाल्गुन २० गतेबाट सुरु भएको  तालिम आइतबार सकिएको हो । 

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समितसँग सहकार्य गरेर तालिम गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोसाईले बताउनुभयो । प्रमुख घोसाईका अनुसार अन्य प्रकारका तालिमहरू भई रहेपनि झोला बनाउने तालिम फरक भएकाले महिलाहरूको आम्दानीलाई वृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमा  झापाबाट प्रशिक्षक झिकाएर तालिम  गरिएको हो ।

 तालिममा १० जनाको सहभागिता रहेको थियो । प्रमुख अतिथि समेत रहनु भएका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले आन्तरिक उत्पादनको प्रर्वद्धन गर्न सबै लाग्नु पर्ने बताउँदै सबै स्थानीय तहसँग आवश्यक सहकार्य गर्ने बताउनुभयो । त्यस्तै प्रमुख घोसाईले विभिन्न विद्यालय एवम् स्थानीय तहले झोला  खरिद गरे आन्तरिक उत्पादनको प्रवर्द्धन सँगै जिल्लाको पैसा जिल्ला नै रहने र स्थानीयले रोजगारी पाउने बताउनुभयो । 

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय सदस्य मातृका प्रसाईँ, घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङ जिल्ला अध्यक्ष राजेन्द्र भारती, घरेलु तथा साना उद्योग महासंघ महिला समिति अध्यक्ष विष्णु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले एकजुट भएर आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न लागि पर्नुपर्ने कुरामा जोड दिएका थिए । 

प्रकाशित मिति : 12:25 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र