बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज एनआरटी र मोरङ भिड्दै



बुढासुब्बा गोल्डकप फुटबलको २४ औं संस्करणको उपाधिका लागि आज काठमाण्डौको न्यूरोड टिम (एनआरटी) र मोरङ फुटबल क्लब खेल्दैछन् । फाइनल खेल धरान रंगशालामा दिउँसो ३ बजेपछि शुरु हुनेछ । एनआरटी दोस्रोपटक र मोरङ फुटबल क्लब पहिलोपटक फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा आयोजक धरानलाई पेनाल्टीमा हराउँदै मोरङ र गएको संस्करणको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै एनआरटी उपाधि नजिकै पुगेको हो । एनआरटीले १० औँ संस्करणको उपाधि जितेको थियो ।

प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता थियो । उपाधि विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाउने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रकाशित मिति : 5:34 am

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान