पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माणको विरुद्धमा विरोध प्रदर्शन



ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माणको विरुद्धमा मुक्कुम्लुङ संघर्ष समिति र केबलकार खारेजी संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ । बिहीबार फुङ्लिङस्थित ट्याक्सी काउन्टर लाइनमा कोणसभाको आयोजना गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले निर्माण कर्ताले स्थानीय सँग प्रत्यक्ष रुपमा समन्वय नगरेको प्रति असन्तुष्ट प्रकट गरेका थिए । केबलकारको निर्माण भएमा स्थानीय होटल व्यवसायी यातायात व्यवसायी मर्कामा पर्ने हजारौं वर्ष अगाडिका रूखहरू नष्ट हुने कुरा उल्लेख गर्दै विगत धेरै वर्ष अगाडि आन्दोलन गर्दै आइरहेका छन् । 

यस परियोजनाले जिल्ला बासीलाई नभएर सीमित व्यक्तिलाई मात्र फाइदा पुग्ने उल्लेख गरेका छन् । केबलकार निर्माण पश्चात पनि जिल्लावासीको  लगानी डुब्ने समेत औँल्याएका थिए । प्राकृतिक प्रकोपका कारण सो क्षेत्रमा केबलकार निर्माण भएपनि सञ्चालनमा  बाधा पुग्ने भएकोले जिल्लावासीको लगानी खेर जाने समेत धारणा व्यक्त गरेका थिए । 

खुल्ला कोण सभामा पहिचान पक्षधरका  पार्टीका नेता तथा कार्यकर्ताले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : 2:07 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका