मिक्वाखोला गाउँपालिकाद्धारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेतालाई सम्मान



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि खेलाडी तथा खेल शिक्षकलाई सम्मान गरिएको हो ।

पालिकाका शिक्षा शाखा प्रमुख केशव शरण अधिकारीका अनुसार स्वर्ण पदक विजेता ३  खेलाडीलाई जनही नगद ५ हजार, रजत पदक विजेता ५ खेलाडीलाई जनही ४ हजार र काश्य पदक विजेता ५ खेलाडीलाई ३ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ । 

त्यस्तै टोली प्रमुख एक जना र २ खेल शिक्षकलाई जनही ५ हजार सहित सम्मान पत्रले  साथै पालिकाको लोगोको डिजाइनर निशा थापालाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की सहित शिक्षक तथा विद्यार्थीको उपस्थितमा भएको कार्यक्रम शिक्षा शाखा प्रमुख केशव शरण अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहन भएका जिल्ला समन्वय समिति प्रमुख लामाले पालिकाले खेलाडीहरूलाई यस्ता किसिमका सम्मानले थप अगाडि बढ्न प्रोत्साहन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : 1:19 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ