मिक्वाखोला गाउँपालिकाद्धारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेतालाई सम्मान



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि खेलाडी तथा खेल शिक्षकलाई सम्मान गरिएको हो ।

पालिकाका शिक्षा शाखा प्रमुख केशव शरण अधिकारीका अनुसार स्वर्ण पदक विजेता ३  खेलाडीलाई जनही नगद ५ हजार, रजत पदक विजेता ५ खेलाडीलाई जनही ४ हजार र काश्य पदक विजेता ५ खेलाडीलाई ३ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ । 

त्यस्तै टोली प्रमुख एक जना र २ खेल शिक्षकलाई जनही ५ हजार सहित सम्मान पत्रले  साथै पालिकाको लोगोको डिजाइनर निशा थापालाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की सहित शिक्षक तथा विद्यार्थीको उपस्थितमा भएको कार्यक्रम शिक्षा शाखा प्रमुख केशव शरण अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहन भएका जिल्ला समन्वय समिति प्रमुख लामाले पालिकाले खेलाडीहरूलाई यस्ता किसिमका सम्मानले थप अगाडि बढ्न प्रोत्साहन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : 1:19 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा