उपमेयर कप : उपाधिका लागि फुङलिङ र मेरिङदेन भिड्दै



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भएका छ । आज भएको पहिलो सेमिफाइनल खेलमा पाथिभरा यङवरक गाउँपालिकालाई ९-० गोल अन्तरले पराजित गर्दै आयोजक फुङलिङ नगरपालिका फाइनलमा प्रवेश गरेको छ । 

यस्तै आज नै भएको दोस्रो खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३-२  गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिकाले फुङलिङ नगरपालिका सँग भेट पक्का गरेको हो । यो सँगै भोलि हुने फाइनल खेलमा फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाले प्रतिस्पर्धा गर्ने खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनु भएको छ । 

यस अधि फुङलिङ नगरपालिकाले सिदिङवा गाउँपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने, फक्ताङलुङ गाउँपालिकालाई २-० गोल अन्तरले पाराजित गर्दै मेरिङदेन गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निर्मला तावाको प्रमुख आतिथ्यतामा भएको थियो । भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा फागुन २५ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको समापन भोलि हुने संयोजक सुनुवारले बताउँनुभयो ।

जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला बाहेक प्रतियोगितामा आठ स्थानीय तहको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपियाँ र उपविजेताले ५५ हजार ५०० रुपियाँ राशिको नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान ९/९ हजार रुपियाँ प्रोत्साहन रकम पाउने आयोजक फुङलिङ नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : 12:31 pm

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग