उपमेयर कप : उपाधिका लागि फुङलिङ र मेरिङदेन भिड्दै



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भएका छ । आज भएको पहिलो सेमिफाइनल खेलमा पाथिभरा यङवरक गाउँपालिकालाई ९-० गोल अन्तरले पराजित गर्दै आयोजक फुङलिङ नगरपालिका फाइनलमा प्रवेश गरेको छ । 

यस्तै आज नै भएको दोस्रो खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३-२  गोल अन्तरले पराजित गर्दै मेरिङदेन गाउँपालिकाले फुङलिङ नगरपालिका सँग भेट पक्का गरेको हो । यो सँगै भोलि हुने फाइनल खेलमा फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाले प्रतिस्पर्धा गर्ने खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनु भएको छ । 

यस अधि फुङलिङ नगरपालिकाले सिदिङवा गाउँपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने, फक्ताङलुङ गाउँपालिकालाई २-० गोल अन्तरले पाराजित गर्दै मेरिङदेन गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको थियो । 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निर्मला तावाको प्रमुख आतिथ्यतामा भएको थियो । भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा फागुन २५ गतेबाट सुरु भएको उक्त प्रतियोगिताको समापन भोलि हुने संयोजक सुनुवारले बताउँनुभयो ।

जिल्लाका नौ स्थानीय तहमध्ये मैवाखोला बाहेक प्रतियोगितामा आठ स्थानीय तहको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपियाँ र उपविजेताले ५५ हजार ५०० रुपियाँ राशिको नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान ९/९ हजार रुपियाँ प्रोत्साहन रकम पाउने आयोजक फुङलिङ नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १२:३१

बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा 

ताप्लेजुङ । बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा बितरण

ताप्लेजुङको दोभानमा २ दिने निःशुल्क आँखा शिविर सुरु, २९४ जनाको आँखा परीक्षण 

ताप्लेजुङ । ताप्लेजुङको दोभानमा आजदेखि २ दिने निःशुल्क आँखा शिविर

चासोक तङ्नाममा फुङलिङ नगरपालिकाले दियो स्थानीय बिदा 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वाँगी

कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : झापालाई हराउँदै इलाम फाइनलमा प्रवेश

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । इलामको रेड डेभिल्स मजोमाइ ताप्लेजुङको

जिल्ला होटल व्यवसायी संघ काठमाडौंद्धारा राति १२ बजे सम्म होटल सञ्चालन गर्न माग

ताप्लेजुङ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले रात्रीकालिन समयमा होटल